Loading...
Home / समाचार / मृत्यु हुने नरबहादुर राई विप्लव समूहका ओखलढुंगा इन्चार्ज

मृत्यु हुने नरबहादुर राई विप्लव समूहका ओखलढुंगा इन्चार्ज

मृत्यु हुने नरबहादुर राई विप्लव समूहका ओखलढुंगा इन्चार्ज

काठमाडौँ – भोजपुरमा बुधबार बिहान प्रहरीसँग भएको भिडन्तमा मृत्यु हुने निरकुमार राई विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज रहेको खुलेको छ । राईको साथबाट प्रहरीले एक थान चाइनिज पेस्तोल, र पाँच राउण्ड गोली बरामद गरेको छ ।

यस्तै सो घटनामा प्रहरी जवान सञ्जिव राईको पनि मृत्यु भएको छ । सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले पछाडिबाट गोली प्रहार गरेको सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी नरहरी खतिवडाले सादा पोशाकमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले पछाडिबाट गोली हानेको र सँगै रहेका अर्का प्रहरीले जवाफी फायर गरेको बताए ।

गोली लागेर घाइते भएका दुवैजनालाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

यो पनि पढ्नुहोस्

भोजपुरमा प्रहरी र विप्लव समूहबीच भिडन्त, दुईजनाको मृत्यु
तस्बिर
साभार देससन्चार

About Manakamana Media

Check Also

विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु किसान सङ खेत रोप्दै

  पाँचथर । प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *