Loading...
Home / प्रवासी / नेपाल तामाङ घेदुङ मलेसियाको प्रथम अधिवेशन २०१९जुलाई २१तारीख हुँदै

नेपाल तामाङ घेदुङ मलेसियाको प्रथम अधिवेशन २०१९जुलाई २१तारीख हुँदै

  •  मलेसिया,क्वालालम्पुर ,
    विगत २००५ मा स्थापित भएको तामाङ समाज मलेसिया नेपाल तामाङ घेदुङ मलेसिया संग समायोजन पश्चात् घेदुङको पहिलो ऐतिहासिक अधिवेशन यहि आउदो जुलाई २१ तारिख राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कन्टिनेन्टलमा हुने भएको छ। नेपाल तामाङ घेदुङ केन्द्रीय समितिका महासचिव महित तामाङको प्रमुख आतिथ्यमा हुन लागिरहेको अधिवेशनमा क्वालालम्पुर स्थित मण्डला रेस्टुरेन्ट ,एभरेस्ट किचन र फूलबारी रेस्टुरेन्टले सहयोग गर्ने भएको छ। गत जुन १६ तारिख बसेको छलफलले अधिवेशनका लागि संयोजक समिति गठन गरेको थियो । गठित संयोजक समितिका संयोजक मा राजेन्द्र वाईबा तामाङ र सदस्यहरुमा क्रमश:- फूर्वा दोर्जे मोक्तान,बिक्रम वाईबा तामाङ,छेवाङ पाख्रिन तामाङ,मिलन थिङ तामाङ,टासी पाल्मो वाईबा तामाङ ,श्याम घिसिङ तामाङ ,प्रकाश थोकर तामाङ , भिम बहादुर लोप्चन तामाङ,सबिन लोप्चन तामाङ,मिङ्खु लोप्चन तामाङ र कृष्ण लोप्चन तामाङ रहनु भएको छ। “विश्व भरी छरिएर रहेका तामाङहरु एक हौँ ताम्सालिङ प्राप्तिका लागि एक जुट हौँ ” भन्ने मूल नाराका साथ हुन लागिरहेको अधिवेशनका लागि मलेसियामा रहेका विभिन्न संघसंस्था तथा अाम तामाङ दाजुभाइ तथा दिदीबहिनी हरुलाई उपस्थित हुन अनुरोध समेत गरेको छ।

About Manakamana Media

Check Also

तामाङ बौद्ध महासंघ मलेसियले विभिन्न ब्याक्तित्वहरुलाई सम्मानित कार्यक्रम सम्पन्न गरेका छन्

  क्वालालम्पुर (मलेसिया तारीख आइतबारको दिन मलेसियाको केलाङमा अवस्थित केलाङ चाैतारि रेष्टुरेन्टमा तामाङ बौद्ध महासंघ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *