Loading...
Home / प्रवासी / २००५ मा स्थापित तामाङ समाज मलेसिया नेपाल तामाङ घेदुङ संग समायोजन हुँदै

२००५ मा स्थापित तामाङ समाज मलेसिया नेपाल तामाङ घेदुङ संग समायोजन हुँदै

 

मलेसिया क्वालालम्पुर १६ जुन
अाईतबार मलेसियाको क्वालालम्पुर स्थित परदेशी रेस्टुरेन्टमा तामाङ समाज मलेसिया र नेपाल तामाङ घेदुङ मलेसियाको संयुक्त रुपमा विषेश छलफल भएको थियो।

तामाङ घेदुङका अध्यक्ष श्याम घिसिङ तथा तामाङ समाज मलेसियाका अध्यक्ष टासी पाल्मो वाईबा तामाङ साथै सम्पूर्ण पदाधिकारीहरू सहित संयुक्तरूपमा बसेको छलफलले २००५ मा स्थापित तामाङ समाज मलेसिया नेपाल तामाङ घेदुङ शाखा मलेसिया संग समायोजन हुने निर्णय गरेको छ। सोही छलफलमा तामाङ घेदुङका अध्यक्ष श्याम घिसिङ ज्यु ले तामाङ समाज मलेसियाका सम्पूर्ण पदाधिकारीहरू लाई खादा अोढाई सम्मान तथा स्वागत गर्नुभयो 

विगत १४ वर्ष अघि स्थापित भएको तामाङ समाज मलेसिया नेपाल तामाङ घेदुङ संग एकीकृत हुन लागेको हो। साथै तामाङ घेदुङको एेतिहासीक प्रथम अधिवेशन यहि आउदो जुलाई २१ तारिख राजधानी क्वालालम्पुरमा हुने भएको छ।

अधिवेशनका लागि अाजको छलफलले संयोजक समिति समेत गठन गरेको छ। गठित संयोजक समितिका संयोजक मा राजेन्द्र वाईबा तामाङ र सदस्यहरुमा क्रमश:- फूर्वा दोर्जे मोक्तान,बिक्रम वाईबा तामाङ,छेवाङ पाख्रिन तामाङ,मिलन थिङ तामाङ,टासी पाल्मो वाईबा तामाङ ,श्याम घिसिङ तामाङ ,प्रकाश थोकर तामाङ , भिम बहादुर लोप्चन तामाङ,सबिन लोप्चन तामाङ,मिङ्खु लोप्चन तामाङ र कृष्ण मोक्तान तामाङ रहनु भएको छ। 

 

About Manakamana Media

Check Also

तामाङ बौद्ध महासंघ मलेसियले विभिन्न ब्याक्तित्वहरुलाई सम्मानित कार्यक्रम सम्पन्न गरेका छन्

  क्वालालम्पुर (मलेसिया तारीख आइतबारको दिन मलेसियाको केलाङमा अवस्थित केलाङ चाैतारि रेष्टुरेन्टमा तामाङ बौद्ध महासंघ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *