Loading...
Home / समाचार / अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाको आयोजनामा कलाकार निर्माण बृहत् साँस्कृतिक निशान भट्टराई भोली आउदै छ !

अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाको आयोजनामा कलाकार निर्माण बृहत् साँस्कृतिक निशान भट्टराई भोली आउदै छ !

अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाको आयोजनामा कलाकार निर्माण बृहत् साँस्कृतिक निशान भट्टराई भोली आउदै छ

कुवेत, जुन १२- अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाको आयोजनामा कलाकार अक्षयकोष निर्माण बृहत् साँस्कृतिक हुने भएको छ । कार्यक्रमका लागि अतिथि कलाकार निशान भट्टराई बिहिवार (भोलि)बिहान ९ बजे कुवेत आइपुग्ने भएका छन ।
आज साँझ ५ बजे कुवेत आइपुग्ने भनिएपनी उडान समय फेरबदल भएकाले गायक भट्टराई बिहीबार बिहान ९ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने संस्थाका अध्यक्ष सोम रसाइलीले बताए ।
अतिथि कलाकारको स्वागतका लागी कुवेतमा क्रियाशील संघ-संस्थाका प्रतिनिधी, पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा उपस्थित भैदिनको लागी मंचका अध्यक्ष रसाईलीले अनुरोध गरेका छन् ।
कार्यक्रमबाट संकलित रकमले अक्षयकोष निर्माण गरिने छ । उक्त अक्षयकोषले कलाकारमा भइपरी आउने बिभिन्न समस्या समाधानमा सहयोग गरिने बताइएको छ ।
जुन १४ तारिख शुक्रबार हुने कार्यक्रम स्थलसम्म जानको लागि आयोजकले निशुल्क यातायातको सुबिधाको ब्यबस्था गरेको छ। कुवेत बिभिन्न ठाँउहरु फाहाहिल, मंगाफ, महाबुल्ला, फेन्तास, खैतान, फर्वानिया हुँदै जिलिप कार्यक्रम हल ईण्डियन सेन्टरल स्कुलसम्म यातायातको ब्यबस्था गरिएको छ । यातयातको लागी रोहित तिमिल्सिना र कुमार तामाङलाई सम्पर्क गर्न आयोजकले भनेको छ । सम्पर्कका लागि ब्यानरमा लेखिएको नम्बरमा फोन गर्न अनुरोध गरिएको छ ।
कार्यक्रम भब्यरुपमा सम्पन्न पार्न कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागी अनुरोध गरिएको छ ।
थप जानकारी-
मिति:- जुन १४ तारिक शुक्रबार २०१९
स्थान:- ईण्डियन सेन्टरल स्कुल, जिलिप
समय:- दिनको ठिक १२ बजेदेखि

About Manakamana Media

Check Also

झापाकी सुमित्राको मृत्यु परिवारलाइ सम्पर्कमा आउन दुतावासको आग्रह

झापाकी सुमित्राको मृत्यु परिवारलाइ सम्पर्कमा आउन दुतावासको आग्रह घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *