Loading...
Home / समाचार / नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति कास्कीले निकाल्यो विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति कास्कीले निकाल्यो विज्ञप्ति

 

नेपाल कम्युनिष्ट पार्टी
जिल्ला संगठन समिति कास्की
आदरणीय सञ्चारकर्मी, पत्रकार मित्रहरु,
विदेशी शक्तिको इशारामा सञ्चालित वर्तमान सामाजिक फासविादी दलाल सत्ताले वैज्ञानिक समाजवादी राज्यस्थापनाका लागि देशमा चलिरहेको एकीकृत जनक्रान्तिलाई दमनको माध्यमबाट समाप्त गर्ने दिवास्वप्न देख्दै व्यापक दमनमा उत्रिएको सर्वविदित्रै छ । आफ्नो दलाल सत्ता जोगाउन उसले संविधानले नै मौलिक हकका रुपमा निधाृरण गरेको “विना हातहतियार भेला भई आफ्नो कुरा जनतामाझ निर्धक्कका साथ राख्न पाउने” अधिकारलाई कुल्चिंदै व्यापक मात्रामा गैरकानूनी धरपकड, गिरफ्तारी र खानतलासीलाई तीब्रता दिईरहेको छ ।
यसैक्रममा हाम्रो पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु -क्रान्तिकारी-को जिल्ला कमिर्टी कास्की र पृथ्वीनारायाण क्याम्पस जिल्ला कमिर्टीको संयुक्त बैठक हिजो मिति २०७६। ०२। २५ गते कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा न.. ११ उरीस्थित एक आमा समूहको घरमा बसिरहेका बखत दलाल सत्ताका मतियारहरुले बैठकूथललाई घेरा हाली आतंक मच्चाएर व्यापक गिरफ्तारी गरिएको छ । दलाल सत्ताको मतियारहरुको गरिफ्तारीमा पर्नेहरुमा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सेक्रेटरी विवेक भण्डारी “आक्रोश”, अनेरास्ववियु -क्रान्तिकारी-का केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो संयोजक मिलन राई, अनेरास्ववियु -क्रान्तिकारी-का अध्यक्षद्वय जिल्ला कमिर्टी कास्कीका काजी गुरुङ र पृथ्वीनारायाण क्याम्पस जिल्ला कमिर्टीका प्रकाश बाास्तोला लगायत २२ जना रहेका छन् ।
संविधानले नै निर्धारण गरेको परिधिमा रही आफ्नो संगठनको बैठक बसरिहेका बेला गरिएको जनदमन र गिरफ्तारीको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । साथै सामाजिक दलाल प्रवृत्तिका केपी नेतृत्वको सरकारले गिरफ्तार साथीहरुको निःशर्त रिहाईको माग पनि गर्दछ । यदि राजनीतिक स्वतन्त्रताको सुनिश्चितता र जनदमन नरोकेमा थप संघर्षमा जान समेत बाध्य हुने कुरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।
अन्तमा, हामी सबै न्यायप्रेमी देशभक्त, राष्ट्रवादी, उत्पीडित समुदाय, ब्यबसायीहरु, बुद्धिजिवी, पत्रकार, मानवअधिकारवादी संघ संस्था, राष्ट्रसेवक लगायत सवैमा जनदमनको विरोधमा उत्रिन र जनताको राजनीतिक अधिकारको रक्षार्थ भए-गरेका संघर्षहरुमा सहयोग, समर्थन र ऐक्यबद्धता जनाईदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
क. रुपेश
इन्चार्ज

About Manakamana Media

Check Also

झापाकी सुमित्राको मृत्यु परिवारलाइ सम्पर्कमा आउन दुतावासको आग्रह

झापाकी सुमित्राको मृत्यु परिवारलाइ सम्पर्कमा आउन दुतावासको आग्रह घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *