Loading...
Home / भिडियो / नेपाल सरोकार समाजकुवेतद्धारा राजेश पायल राइको नेतिर्तोमा क्रिकेट रगेसालाका लागि पचास हजार धुर्मुस सुन्तली लाई ( भिडियो )

नेपाल सरोकार समाजकुवेतद्धारा राजेश पायल राइको नेतिर्तोमा क्रिकेट रगेसालाका लागि पचास हजार धुर्मुस सुन्तली लाई ( भिडियो )

नेपाल सरोकार समाजकुवेतद्धारा राजेश पायल राइको नेतिर्तोमा क्रिकेट रगेसालाका लागि पचास हजार सहयोग धुर्मुस सुन्तली लाई ( भिडियो )

राजेश पायल राइ पनि धुर्मुस सुन्तलीको रंगशाला परियोजनामा जोडिएका छन्। आफु पनि धुर्मुस सुन्तलीको पावन भावना जोडिएका काममा जोडिन पाउदा निकै खुसि भएको बताए। आफुले गर्न सक्ने काम रंगसालाका लागि गर्ने उनले बताए। धुर्मुस सुन्तलीले यस अघि गरेको राम्रो कामको तारिफ गर्दै धुर्मुस सुन्तली जस्तो ८-१० जना भै दिए देश बन्ने बताए। बसन्त सापकोटा को संगीतमा दिनेश थपलिया को सब्दमा क्रिकेट सम्बधि पृथक गीत लाइ राजेश पायल राइ ले आवाज दिएका छन्। गीतमा आफुलाई आवाज भर्न दिएको मा राजेश पायल राइले धुर्मुस सुन्तलीलाई धन्यवाद दिए।

राजेश पायल ले नै धुर्मुस सुन्तली मार्फत क्रिकेट सम्बन्धि देश भक्ति गीतलाई निशुल्क गाइदिएका छन्। यस गीतमा खेलकुद देखि भाषा भासी, जातजाति , संस्कृति सबै समेटेर देश भक्ति गीत तयार पारिएको हो। त्यस माथि झन् राजेश पायल राइले सरप्राइज सहयोग दिदा धुर्मुस सुन्तली भाबुक बने। नेपाली सरोकार समाज कुवेतले धुर्मुस सुन्तलीले निर्माण गरिरहेको रंगशाला का लागि राजेश पायल मार्फत ५० हजार रुपया सहयोग गरेका छन्। अन्य थप् रकम पनि आउने क्रममा रहेको बताए। आफ़ुले २ सब्द बोल्दा रंगशालाको लागि सहयोग जुट्छ भने आफु सधै लागिरहने बताए।

नेपालमा क्रिकेट मैदान नभएको ले नेपाली दाजुभाइले सकेको सहयोग गरेर मैदान बनाउन धुर्मुस सुन्तलीलाई सहयोग गर्न पर्ने बताए। आफुले सकेको रकम जुटाउने र प्रचार प्रसार समेत गर्न पछि नपर्ने उनले बताए। राजेश पायल ले धुर्मुस सुन्तलीले देशका लागि काम गरेका ले सबै नेपालीले मन खोलेर सहयोग गर्न आग्रह गरे। धुर्मुस सुन्तलीले आफ्नो परिवार नै छोडेर देशका लागि काम गर्दै आएका धुर्मुस सुन्तलीलाइ सहयोग गर्न पर्ने संगीत कार बसन्त सापकोटा ले पनि बताए। नेपालमा क्रिकेट रंगशाला एउटा पनि नभएको ले एउटा क्रिकेट मैदान आबस्यकता रहेको र धुर्मुस सुन्तली यस काममा लागि रहेका ले उनीहरुले हामि सबैले सहयोग गर्न पर्ने सापकोटाले बताए।
हेर्नुस भिडियोमा

About Manakamana Media

Check Also

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक

रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक रोशन हाङ्खिम राईको शब्द …

Leave a Reply

Your email address will not be published. Required fields are marked *