Loading...
Home / समाचार / नेपाली जनएकता सेवा समाज कुवेतले वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम गर्ने

नेपाली जनएकता सेवा समाज कुवेतले वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम गर्ने

नेपाली जनएकता सेवा समाज कुवेतले वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम गर्ने

एकता नै हाम्रो चाहाना,सेवा नै धर्म हो”भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जनएकता सेवा समाजले चौंथो वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम भव्यरुपमा गर्ने तयारी गरिरहेको संस्थाका महासचिव डिबी भुसालले जानाकारी दिनुभएको छ।
यस संस्थाले मुलत:पिडितहरुलाई सहयोग गर्दै कुवेतमा क्रियाशिल संस्थाहरुसँग हातेमालो पनि गर्दै अाएको छ।संस्थाले प्रत्येक वर्ष रमादानको अन्तिम दिन (इदको दिन)कार्यक्रम गर्दै अाएको छ र यसपाली पनि त्यसैलाई नै निरन्तरता दिंदै कार्यक्रमको अायोजना गरेको कुरा संस्थाका अध्यक्ष मुक्त बहादुर विश्वकर्माले बताउनुभएको छ । अगाडी भन्नुभयो यस दिन संस्थाको वार्षिकोत्सव तथा अधिवेशनको साथमा पञ्चेवाजा सहित स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने कार्यक्रममा कुवेतमा क्रियाशिल संघसंस्थाका प्रतिनिधीज्युहरु,बुद्धिजिवी,समाजसेवी,पत्रकार,कलाकारहरुलाई पत्रचार गरिरहेकाछौं कारणवश प्राप्त हुन नसकेको खण्डमा यसै सुचनालाई अाधार मानी उपस्थित भइदिनुहुको लागी अनुरोध गर्नुभएको छ,साथै कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन कुवेतमा रहनुभएका अाम नेपाली जनसमुदायहरुलाई पनि उपस्थित भइदिनको लागी निमन्त्रणा गर्नुभएको छ।
कार्यक्रमको विस्तृत मनकामना मिडिया खुम रायामाझी दिएको छ !
स्थान: ब्लक १ रोड नं.१२४ विल्डिङ नं.१४ फर्वानियाँ
मिति: रमादानको अन्तिम दिन(इदको दिन)
समय: बिहान ठिक १० वजे
सम्पर्क नम्वरहरु: 55268903/97224908/66183131

About Manakamana Media

Check Also

झापाकी सुमित्राको मृत्यु परिवारलाइ सम्पर्कमा आउन दुतावासको आग्रह

झापाकी सुमित्राको मृत्यु परिवारलाइ सम्पर्कमा आउन दुतावासको आग्रह घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *