Loading...
Home / समाचार / आदिवासी जनजाती महासंघ कुवेतद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आदिवासी जनजाती महासंघ कुवेतद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

आदिवासी जनजाती महासंघ कुवेतद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

११ मे, कुवेत – हिजो शुक्रबारका दिन कुवेतको फर्वानिय स्थित एभरेस्ट नेपाली होटेलमा नेपाल आदिबासी जनजाति महासंघ कुवेतको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेका छन । महासंघमा आबद्ध जातिय संस्थाहरुको प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेका थिए ।

आदिवासी जनजाति बिच एकताको महत्त्व लगायत जस्ता सम्बन्धित ८ बुँदागत बिषयहरुमा केन्द्रित रहि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जनजाती महासंघ कुवेतका सल्लाकार अमित चाम्लिङ, मनु भुजेल, महासचिब मन्जित राई नयाँ शक्ती नेपाल कुवेतका अध्यक्ष निर्मल स्याङ्तन, नेफेसो पार्टीका राजकुमार राई लगायतका वक्ताहरुले आ- आफ्नो बिचार राखेका थिए । राज्य सरकारले आदिवासी जनजातीहरु माथी गरिएको दमन,शोषण र अत्याचारको विरुद्ध एक ढिक्का भएर अन्दोलन नगरे सम्म यो समुदाय सधै पछि नै परिरहने सहभागीहरुको एउटै मत रहेको थियो ।

जातिय पहिचानको आधारमा प्रदेश नामाङ्कन र सिमाङ्कन गरिनुपर्ने , संविधान संसोधन जस्ता महत्वपूर्ण कामहरु गर्न तर्फ सरकारको ध्यान नगएकोमा आपत्ति जनक रहेको ठहर गरिएको छ । आगामी दिनमा केन्द्रिय महासंघले यी गम्भीर बिषयहरुलाई ठोस निर्णयका साथ लाग्न ध्यानाकर्षण गराएका महासंघ कुवेत शाखाका अध्यक्ष अमृत तामाङले जनाएका जनाएका छ्न ।

दिल कुमार पाख्रिनको सन्चालन भएको उक्त कार्यक्रम अमृत तामाङको सभापतित्वमा समपन्न भएका थिए ।
साभार पर्देशीखबर

About Manakamana Media

Check Also

कुवेत हिँडेका ४३ जना नेपालीहरु भिसा तथा टिकट नक्कली भएपछि विमानस्थलबाटै फर्किए….(हेर्नुहोस् पुरा बिवरण)

कुवेत हिँडेका ४३ जना नेपालीहरु भिसा तथा टिकट नक्कली भएपछि विमानस्थलबाटै फर्किए….(हेर्नुहोस् पुरा बिवरण) बैशाख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *