Loading...
Home / भिडियो / नेपाली फिल्मको गीतमा भारतको चर्चा (गीत सहित)

नेपाली फिल्मको गीतमा भारतको चर्चा (गीत सहित)

नेपाली फिल्मको गीतमा भारतको चर्चा (गीत सहित)

फिल्मी फण्डा ।  विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनी’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा सोमवार एक कार्यक्रमको आयोजना गर्दै पहिलो गीत ‘एमजि रोडैमा’ सार्वजनिक गरिएको हो । पूर्वी नेपाल भनेर चिनिने सिक्किमको पर्यटन प्रवर्द्धन हुने गरि गीतले भारतको चर्चा गरिएको छ ।

महात्मा गान्धीको नाममा रहेको एमजि रोडको विषयमा वर्णन गरिएको गीत फिल्म हजार जुनीमा समावेश गरिएको हो । संगीतकार राजनराज शिवाकोटी अवार्ड विशेष समारोहमा सिक्किम पुग्दा त्यहाँको वातावरण मन परेको कारण एमजि रोडकै वारेमा गीत बनाएको उनले बताएका छन् ।

एमजि रोडैमा बोलको गीतमा स्वस्तिमा खड्का, सलोन बस्नेत र अन अभिनेता अखिलेष प्रधानको अभिनय रहेको छ । गीतको शब्द पनि राजनराज शिवाकोटीकै रहेको छ भने राजन इशानले संगीत संयोजन गरेका छन् । गीतमा मेलिना राई र राजनकै स्वर समावेश छ । बविराज गहतराजले कोरियोग्राफि गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुुन् ।

विशाल चाम्लिङको कथामा सामिप्याराज तिमल्सिना र विकासराज आचार्यले लेखेको फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुईटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेष प्रधान, शिवहरी पौडेललगायतको मूख्य भुमिका रहेको छ । फिल्ममा राजनराज शिवाकोटीको साथमा उदय सोताङ, प्रविण पौडेल र बसन्त सापकोटा पनि संगीत रहेको छ

फिल्ममा अनुपबिक्रम शाही , सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । आर्या मुभिज र सारा श्री मूभिजले निर्माण गरेको फिल्ममा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, साम्राट सापकोटाको लेखन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्मलाई राम शाक्यले निर्माण गरेका हुन् । फिल्म आगामी जेठ १७ बाट देशव्यापी रिलिज हुँदै छ ।

About Manakamana Media

Check Also

गायक बैरागी मोक्तानले पहिलो पटक ल्याए फरक धारको गीत बजारमा -भिडियो

गायक बैरागी मोक्तानले पहिलो पटक ल्याए फरक धारको गीत बजारमा -भिडियो २५ अप्रिल २०१९,कुबेत – तामाङ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *