Loading...
Home / प्रवासी / सक्दो सहयोग गरौँ टीका माया बिश्वकर्मालाई बस्ने घर छैन त्यसमाथि क्यान्सर रोग तेह्रथुम मलेसिया सम्पर्क मञ्च द्वारा सहयोग अभियान चाल्दै मलेसियामा हातमा हात मिलाउ

सक्दो सहयोग गरौँ टीका माया बिश्वकर्मालाई बस्ने घर छैन त्यसमाथि क्यान्सर रोग तेह्रथुम मलेसिया सम्पर्क मञ्च द्वारा सहयोग अभियान चाल्दै मलेसियामा हातमा हात मिलाउ

 

 

 

चैत्र २५ गते :-क्वालालम्पुर मलेसिया –

तेह्रथुम मलेसिया सम्पर्क मञ्च मलेसिया मा रहेको नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु लाई एकताको सुत्र मा बाँधि समस्या हरु को समाधान गर्दै समाज मा सकारात्मक परिवर्तन ल्याउन सधैं प्रयत्नशील रहिआएको छ । यस कार्यमा तपाईं सम्पुर्ण शुभेच्छुक शुभचिन्तक यश सस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिनु हुने सहयोगी मन हरु को साथ सहयोग अनि हौसला ले नै यो स्थान सम्म तेह्रथुम मलेसिया सम्पर्क मञ्च लाई ल्याउनु भएको हो। यो साथ सधैं रहिरहने छ हामी आसा गर्छौ

तेह्रथुम मलेसिया सम्पर्क मञ्च ले विभिन्न सहयोग अभियान हरु सफलताका साथ सम्पन्न गरि सकेको छ । दुखी पीडित हरु लाई सहयोग गर्ने क्रममा तेह्रथुम मलेसिया सम्पर्क मञ्च को यही अप्रिल ७ तारीख आइतबार बसेको समिति बैठक ले यो पटक क्यान्सर पीडित तेह्रथुम लालिगुरास नगरपालिका वार्ड न. ८ निवासी हाम्री चेली टिका माया बिश्वकर्मा को उपचार मा केहि सहयोग गर्ने उदेश्यले अभियान सन्चालन गर्ने निर्णय भएको छ ।

बिगत लामो समय देखि पायल्स भै क्यान्सर भएको हो। क्यान्सर को उपचार को लागि ठुलो रकम चाहिने हुँदा उहाँ को आफ्नै घर पनि नभएको माइती को आश्रय मा बस्नु भएको ले उपचार मा समस्या आएको छ । उहाँ एक छोरा को साथमा माइती ले बनाई दिएको घरमा बस्दै आउनु भएको मा उक्त घर पनि हावा हुरी आइ भत्काइ दिएको छ । अत्यन्तै पिडा दायी अबस्था बाट जिबन गुजारा चलाइ राख्नु भएको छ ।हातमा भएको ढाका कपडा बुन्ने सीपको मद्दतले अहिले सम्म आफ्नो अनि छोरा को पढाई अनि दैनिक खर्च धान्दै आउनु भए को थियो । अहिले क्यान्सर को कारण घर छोडेर उपचार को लागि एक एक पैसा सहयोग माग्दै हिड्नु पर्ने अवस्था सिर्जना भएको छ । पहिलो अप्रेसन धरान घोपा क्याम्प मा ६-७ वर्ष अगाडि गरि पेट बाट दिसा गर्नु पर्ने बनाईएको थियो र अहिले पुरानै अवस्था मा ल्याउन घोपा क्याम्प ले चितवन को भरतपुर क्यान्सर हस्पिटल मा रेफर गरेको छ ।

देश बिदेश मा रहनु हुने दाजुभाइ तथा दिदीबहिनीहरुको सानो सहयोग पाए देखि उपचार पश्चात् आफ्नै श्रम र सीप बाट छोरा को भबिस्य बनाउने सपना देख्नु भएको छ ।

आउनुहोस् तपाईं हामी पनि जुटाै तपाईं हाम्रो आफ्नै चेली सम्झी उपचार मा सहयोग गरौं । जति सकिन्छ तन मन अनि हृदय देखि नै सहयोग गरौ। तपाईं हाम्रो सानो सहयोग ले नयाँ जिबन पाउनु हुने छ साथै उहाँ को छोरा ले एउटा सुनौलो भबिस्य पाउनु हुने छ ।

तेह्रथुम मलेसिया सम्पर्क मञ्च ले सन्चालन गरेका अभियान हरु मा तपाई सम्पुर्ण सहयोगी मन हरु को साथ रहदै आए को छ फेरि पनि यश अभियान लाई सफल बनाउन सम्पुर्ण मलेसिया मात्र नभएर देस बिदेश रहनु हुने आमा बुबा दाजुभाइ तथा दिदिबहिनी हरु मा हार्दिक अपिल गर्दछौं । तपाईं हरु ले गर्नु भएको सहयोग रकम एक कार्यक्रम मार्फत पीडित को हातमा हस्तान्तरण प्रतिबद्धता व्यक्त गर्दछौं ।

आउनुहोस् हात मा हात मिलाउ सामाजिक कार्यमा सधैं अग्रसर बनौं । तपाईं हाम्रो सानो सहयोग ले उहाँ को जिबन बचाउ ।

“सेवा नै मानिसको ठुलो धर्म हो।”

तेह्रथुम मलेसिया सम्पर्क मञ्च
परिवार

अध्यक्ष सचिव
प्रेम सुब्बा रमेश थापा

About Manakamana Media

Check Also

मलेसियामा पक्राउ परेका नेपाली कलाकारहरुलाई छुटाउन मलेसियास्थित नेपाली राजदूतावासले चाले कदम

  काठमाडौं । मलेसियामा हिजो भएको सांगीतिक कार्यक्रमबाट पक्राउ परेका नेपालीहरु छुटाउन मलेसियास्थित नेपाली राजदूतावासले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *