Loading...
Home / भिडियो / शिक्षण अस्पतालमा सुरेश पट्टेलको यो कारुणिक चित्कार (भिडियो )

शिक्षण अस्पतालमा सुरेश पट्टेलको यो कारुणिक चित्कार (भिडियो )

शिक्षण अस्पतालमा सुरेश पट्टेलको यो कारुणिक चित्कार (भिडियो )

काठमाडौँ— कानमा गम्भीर चोट छ, रगतका टाटा सुकेका छैनन्, कम्मर सोझो गर्नै मिल्दैन सुरेश पट्टेलको। तर पनि उनको आँखा पत्नी गीतादेवी र छोरातर्फ एकोहोरिएको छ, मन बेखवर बनेका दुई छोरीहरुमाथि छ।

३५ वर्षीया गीतादेवीको दुवै खुट्टा भाँचिएका छन्, तीन वर्षीय छोरा अमनको निधारमा चोट छ, त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुग्दा सुरेशको छट्पट्टी प्रस्ट देखियोे। आफ्नो भन्दा परिवारको अवस्थालाई लिएर उनी बढ्ता चिन्तग्रस्त थिए।

आइतबार बेलुका अचानक आएको भयानक हावाहुरीले अन्य स्थानीबासीको जस्तै भरभरिया १ का सुरेशको परिवारका सदस्यलाई छिन्नभिन्न बनाइदियो।

आफूहरुलाई नेपाली सेनाले उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याएकोमा धन्य छन् उनी तर दुई छोरीको अवस्थाबारे दिन ढल्किदै जाँदा सम्म जानकारी नपाउँदा उनको मन आत्तिएका छन्, विरक्तिएका छन्।

नेपाली सेनाको स्काईट्रकले सुरेशको परिवारका तीन जना सहित अन्य तीन जनालाई बाराबाट उद्धार गरी सोमबार बिहान राजधानी ल्याएको थियो।

‘जग्गा जमिन छैन, सम्पत्तीको नाममा एउटा मात्रै घर थियो त्यसैले हामीलाई पुरिदियो। भैँसी र बाख्रा थिए ति सबै थिच्चिए। त्यसपछि के भयो थाहा भएन,’ आँखाभरी आँसु बनाउँदै सुरेशले घटनाको बेलीविस्तार लगाउन थाले।

आइतबार साँझपख गीतादेवी खाना बनाउँदै थिइन्, उनीसँगै थिए छोराछोरी। सुरेश पनि भर्खर मजदुरी गरेर फकिएका थिए। अचानक घर हल्लाउन थाल्यो, धूलोसहितको हावाले। एकैछिनमा घर गर्ल्यामगुर्लुम भयो, नजिकै रहेको अग्लो घर त्यसैमाथि थुप्रियो।

आफ्नै घरमा पुरिएका उनीहरुलाई छिमेकीले उद्धार गरी नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याए। अवस्था गम्भीर भएको चिकित्सकले सिफारिस गरेपछि नेपाली सेनाको टोली उनीहरुलाई राजधानी ल्यायो उपचारका लागि।

‘मजदुरी गरेर बनाएको घर थियो त्यो सकियो। घर त फेरी बनाउन सकिएला तर मेरा दुई छोरी कहाँ होलान? श्रीमतीको खुट्टा कसरी फर्काउने?’ सुरेशले प्रश्न गरे।

भिडियो पनि हेर्नुहोस्:

 

About Manakamana Media

Check Also

गायक बैरागी मोक्तानले पहिलो पटक ल्याए फरक धारको गीत बजारमा -भिडियो

गायक बैरागी मोक्तानले पहिलो पटक ल्याए फरक धारको गीत बजारमा -भिडियो २५ अप्रिल २०१९,कुबेत – तामाङ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *