Loading...
Home / अन्तराष्ट्रिय /  विप्लव  निकट मलेसिया मोर्चा द्वारा राजदूत पाण्डेलाई स्वागत तथा मजदुरहरुको समस्या तत्काल समधान गरियोस्। भन्दै दुतावासमा ज्ञापन-पत्र।

 विप्लव  निकट मलेसिया मोर्चा द्वारा राजदूत पाण्डेलाई स्वागत तथा मजदुरहरुको समस्या तत्काल समधान गरियोस्। भन्दै दुतावासमा ज्ञापन-पत्र।

सन्तोष योन्जन तामाङ

:  मलेसिया क्वालालम्पुर:-चैत्र १२गते :-

विप्लव  निकट मलेसिया मोर्चा द्वारा राजदूत पाण्डेलाई स्वागत तथा मजदुरहरुको समस्या तत्काल समधान गरियोस्। भन्दै दुतावासमा ज्ञापन-पत्र।

मलेसिया,नेपालको राजनीतिकमा शक्तिशाली बन्दै गएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिबिधि केपि सरकारको नजरमा प्रतिबन्धित देखिए पनि देश बिदेशमै नेकपा को गतिबिधिले तिब्रता पाएको छ। विप्लव निकट प्रवासी युवाहरु संगठन जनप्रगतिशील मोर्चा मलेसियाले नवनियुक्त राजदुत उदयराज पाण्डेलाई स्वागत साथै मलेसियामा रहेका सम्पुर्ण श्रमिकहरुको मुद्दा लाई मुखरित गर्दै २०७५चैत्र ११ गते ज्ञापन-पत्र: बुझाएका छन्

सामान्य तय माग पत्र बुझाउने प्रक्रिया कुनै नयाँ र अनौठो नभए पनि यसको चर्चा को बिषय भनेको उल्लेखत उठाउन गरिएका बिषय बस्तु र एजेण्डाले महत्व राख्दछ। मोर्चाको ज्ञापन-पत्रमा माग रिएको बिषयहरु मुख्यतः श्रमिकले अफ्नो श्रम स्वतन्त्र मर्यादित र सुरक्षित रुपमा गर्ने पाउनु पर्ने र सम्झौतामा उल्लेख कुराहरू लागु हुनपर्ने। अन्तर्राष्ट्रिय मानवअधिकार साथै विश्व श्रमिक अधिकार अनुरुपको को मजदुर अधिकार सुनिश्चित गर्नुपर्ने जस्ता महत्वपूर्ण बिषयहरु माग गरिनुले मोर्चाको यो सहयोगले नेपाली श्रमिकहरु लाई ठूलो सहयोग पुग्ने देखिन्छ।

मजदुर अधिकारको माग सहित संगठनको तर्फबाट संयोजक: तथा पार्टी सेक्रेटरी :महेश वोलि अध्यक्ष : बिजय लामा संगठनका सुचना तथा संचार बिभाग प्रमुख :सन्तोष तामाङ मोर्चा सेलेङगारका छेत्रीय अध्यक्ष: हुकुम केसि ज्ञान बहादुर रावल। लगायतको उपस्थित थिए भने।
दुतावासको तर्फबाट बाट राजदूत उदयराज पाण्डेले मलेसिया को श्रमिकहरुको समस्या लाई जरैबाट पहिचान गरि कानुनी संबैधानिक र सम्झौता को अाधारमा समधान गर्न दुतावास को तर्फबाट कुनै पनि कसुर बाँकी नराख्ने र त्यसको लागि सम्पूर्ण नेपाली श्रमिकहरु सामजिक अगुवा सबै सहयोग अबश्यक रहेको भन्दै। यदि कारण बस कुनै नेपाली अवैधानिक भएको कुनै गम्भीर अपराध र कसुर नभएको तर पैसाकै कारण घरफर्कन नसकेका नेपालीहरुको लागि राज्य कोष बाट स्वदेश फिर्ता को बातावरण मिलाउन सकिने बताउनु भएको थियो।

थुप्रै देशहरूमा नेपालीहरु श्रम गरिरहेको भए पनि अन्य देशको तुलनामा विविध कारणले गर्दा श्रमिक समस्या र घटनाहरु बढि भएको समचार संप्रेषण हुनेगरेका छ। यसको समधान को लागि भएको प्रयास जोकोही बाट भए पनि अत्यन्त अवश्यक छ।

सरकारले नेपालमा भने विप्लव नेकपाका सम्पूर्ण गतिविधि माथी पुर्ण प्रतिबन्ध लगाइएको। विप्लव निकट प्रवासी युवाहरु यो न्यायोचित गतिबिधि र अधिकारको माग हेर्दा। सरकार अाफै लजित भएको र सम्पूर्ण श्रमिकहरु विप्लव को गतिबिधि मा लामबद्ध हुने देखिन्छ।विप्लव निकट मलेसिया मोर्चा माग गरिएको मजदुर अधिकारको पुर्ण बुँदाहरु यस्ता छन्।

 

About Manakamana Media

Check Also

कुवेत हिँडेका ४३ जना नेपालीहरु भिसा तथा टिकट नक्कली भएपछि विमानस्थलबाटै फर्किए….(हेर्नुहोस् पुरा बिवरण)

कुवेत हिँडेका ४३ जना नेपालीहरु भिसा तथा टिकट नक्कली भएपछि विमानस्थलबाटै फर्किए….(हेर्नुहोस् पुरा बिवरण) बैशाख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *