Loading...
Home / राजनितिक / समाजवादी सत्ता टिकाउने जिम्मेवारी:- सुमन सिंह पौडेल

समाजवादी सत्ता टिकाउने जिम्मेवारी:- सुमन सिंह पौडेल

चैत्र ८काठमाडौं

    एकीकृत जनक्रान्तीको अध्यता महासचिब बिप्लब लेख्नु हुन्छ “साम्राज्यवादले यान्त्रिक प्रविधि र सूचना प्रविधिको विकासलाई युद्ध प्रविधिमा बदल्दै सबैमा एकाधिकार कायम गरिरहेको छ । भू–उपग्रह, कम्प्युटर, टेलिभिजन, मोबाइल सेलोफोन सबैलाई एकलौटी नियन्त्रण गरिरहेको छ । साम्राज्यवादका उल्लिखित नयाँ विशेषताहरूले गर्दा देशहरूको चरित्र स्वतन्त्र देशमा हुनेखालको नभई साम्राज्यवादसँग गुजुल्टिएर रहेको अवस्थामा छ । यो हिजोको जस्तो सिधा उपनिवेश पनि छैन । स्वतन्त्र र स्वाधीन पनि छैन । यसले देशहरूलाई परम्परागत सामन्तवादमा पनि रहन दिएको छैन, स्वतन्त्र प्रगतिशील पुँजीवादमा पनि विकास हुन दिएको छैन । यसको चरित्र नयाँ छ जसलाई हामीले दलाल पुँजीवादी राज्य व्यवस्था भनेर संश्लेषण गरेका छौँ ।“

हो त्यसकारण नेपालमा पुंजिवादी देशको जस्तो शहरी ससस्त्र बिद्रोह पनि पनि होइन र सामन्तबादी देशको जस्तो लामो दिर्घकालिन जनयुद्ध पनि होइन यहाँ बिकसित बिसेसताको आधारमा मध्यकालिन चरित्रको बिद्रोह हुने छ । नेपाल हिजोको जस्तो सामन्तबादी पनि नरहेको र पुंजिबादीपनि नरहेको तर दुवै स्थितिमा पाइने मिश्रित बिसेसता रहेको परिस्थितिमा नेपालि बिसेसताहरुको संस्लेसण यसरी गरिएको छ ।

१. गांउ र शहर २. राजनितिक सत्तामा दलाल पुंजिवाद ३.मध्यम बर्ग ४. भौगोलिक रुपले सानो र भुपरिबेस्ठित ५. जातिय क्षेत्रीय, लैङ्गिक उत्पिडन ( जस्ता बिसेसता हरु आजको नेपालमा बिधमान रहेका छन ।
जस अनुसार साम्राज्यवादी भुमण्डलिकृत संम्बन्धको कारण दलाल सत्ताको रुपमा रहेको नेपाली संसदिय सत्ता पुंजिवादी मुलुकको जस्तो उधोग, मजदुर र शहरमा हुने बिसेसता जस्तोपनि नरहेको र सामन्तवादी मुलुकमा जस्तो किसान, जमिन र सोही प्रकारको उत्पादन सम्बन्ध मात्र रहेको अवस्थामा पनि नभएको हुनाले यहाँ शहरी जनबिद्रोह जस्तो वा दिर्घकालिन जनयुद्ध जस्तो प्रकारले क्रान्ती हुन नसक्ने बरु बिकसित नेपाली बिसेसताहरुको आधारमा एकीकृत जनक्रान्ती हुने छ । र हामिले यसलाइ एकीकृत जनक्रान्ती भनेर बुझ्नु पर्ने र सोको मर्मलाई आत्मासातिकरण गरेर कार्य्दिशा अनुसार तय भएका योजनाहरुलाइ दृढतापुर्वक कार्यन्वयन गर्नु पर्ने हुन्छ ।

विश्व साम्राज्यबादको प्रभाव र त्यसको भुमण्डलिकृत चरित्र र नेपालमा बिधमान दलाल राज्य सत्ताको बस्तुबादी संस्लेसण सहित नेपाल जस्तो मुलुकमा गरिने क्रान्तिको योजना र त्यसको कार्यन्वयनको बिचबाट नेपालमा हामिले दलाल राज्य सत्तालाइ खारेज गरेर बैज्ञानिक समाजबादी सत्ता स्थापना गर्न सम्भव छ भन्ने निस्कर्स त छंदै छ तर नेपाली कम्युनिस्ट आन्दोलनलाई बस्तुवादी ढङ्गले सिंहवालोकन गर्दा प्राप्त सत्तालाइ कसरी टिकाउने र ब्यवस्थित गरेर संचालन गर्ने भन्ने मात्र मुख्य बिसय छ ।

यो बिसयमा विश्व कम्युनिस्ट आन्दोलनबाट हांसिल शैदान्तिक ज्ञान दुंनियालाइ बुझ्ने, बदल्ने जो थियो त्यति मात्र होइन बदलेको दुंनियाको रक्षा र बिकासलाई दरो संग पकड्ने बिसय एकीकृत जनक्रान्तिको भावभुमी बाट उत्घाटित प्रमुख बिसय हो । यसर्थ हामिले स्थापना गर्ने बैज्ञानिक समाजबादी सत्तालाइ बचाउन र टिकाउन उल्लेखित मर्मलाइ हाम्रो समाजबादी कम्युनिस्ट संस्कृती भित्र सेकेण्ड सेकेण्ड रक्त संचार गराइरहनु पर्दछ । दोस्रो बिसय मुल दृस्टिकोणको सुरक्षाको कुरा( जसरी जनयुद्धले स्थापित नेतृत्वमा आत्मा सुरक्षावाद, बैचारिक मतभेद, अंतर्विरोध र पलायनता जस्ता समस्याहरु देखा परे जसको कारण सिंङ्गो जनयुद्ध पछि पर्न गयो अब त्यस्तो हुन्न र त्यो हुन दिनु हुंदैन भन्ने बिसय पनि प्रमुख बिसय हो । यो संन्धर्भमा द्वन्दबादी दर्शन शास्त्रमा व्याख्या भए अनुसार बिपरित हरु बिचको एकता र संघर्ष भन्ने थियो यो नियमलाई नेपाली कम्युनिस्ट आन्दोलनमा सार्वभौम लागू गर्ने भुल भएको थियो । यो समस्याको सैद्धान्तिक हल खोज्ने बिसय समाज बिज्ञानमा महान खोज भएको छ । जसमा भनिएको छ बिपरित हरु बिचको एकता र संघर्सको बिसयलाइ सार्वभौम ढङ्गले आत्मासात गरिनु हुन्न । पार्टिको हकमा यो सजातिय बिचको एकता र बिजातिय बिचको संघर्ष हो । यसको अर्थ पार्टी भनेको निश्चित उदेश्य प्राप्ती को निम्ति तयार गरिएको साधन हो , त्यांहा एक मत, एक बिचार र दृष्टिकोण रहन्छ त्यसकारण पार्टिमा फरक दृष्टिकोण र बिचार रहनु बिज्ञान सम्मत हुंदैन भनिएको छ । यसले के देखांउछ भने एकीकृत जनक्रान्ती लाई लागू गर्ने, स्थापित समाजबादी सत्ता संचालनमा मुल दृष्टिकोण लाई तोडमोड हुन नदिने बिसय रहेको छ । जसकारण समाजबादी सत्ता टिकाउने संन्धर्भमा यो बिसय महत्वपुर्ण रहेको छ ।

महासचिब क. बिप्लवका पछिल्ला कृतिहरु बैज्ञानिक समाजबाद, महापतन, दस्तावेजहरु र विभिन्न समयमा लेखिएका रचनाहरु लाई गहिरो गरि अनुभूति गर्दा लाग्छ बिश्व कम्युनिस्ट आन्दोलनको बिजय र पराजयहरु र समाजबादी सत्ताहरुको बिघटनलाइ अत्यन्तै सुक्ष्म ढङ्गले खोज, अनुसन्धान गरिएको छ । र विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा भएका कमजोरीहरु अब दोहोरिने छैनन मात्र होइन परिस्थितिको ठोस विश्लेषण गर्दै कार्य्दिशालाई थप उचाइमा उठांउदै नेपालबाट समाजबादी सत्ताको झण्डा फहराएर बिश्वलाइ साम्यवादमा प्रबेशको आह्वान गर्ने परिस्थिती निर्माण हुने छ । त्यसकारण नेपाली कम्युनिस्ट आन्दोलन संग रहेका तमाम सवाल जवाफको बिचबाट हामी स गौरव भन्न सक्छौ नेपालमा दलाल संसदिय राज्य सत्तालाइ मिल्काउने बिसय ठूलो कुरा छैन यो बिसय नेपालमा प्रयोग भैसकेको छ, र सम्भव साबित भैसकेको बिसय हो । बरु अब हामिले स्थापना गर्ने समाजबादि सत्ताको प्रयोग, रक्षा र बिकासमा हामी आम कार्यकर्ता चनाखो हुनु पर्ने छ ।

About Manakamana Media

Check Also

कुवेत हिँडेका ४३ जना नेपालीहरु भिसा तथा टिकट नक्कली भएपछि विमानस्थलबाटै फर्किए….(हेर्नुहोस् पुरा बिवरण)

कुवेत हिँडेका ४३ जना नेपालीहरु भिसा तथा टिकट नक्कली भएपछि विमानस्थलबाटै फर्किए….(हेर्नुहोस् पुरा बिवरण) बैशाख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *