Loading...
Home / मनोरन्जन / वियोगान्त प्रेम कथामा आधारित सुजन बिश्वकर्मा भावुकको ए मेरो साथी – भिडियो सहित ।

वियोगान्त प्रेम कथामा आधारित सुजन बिश्वकर्मा भावुकको ए मेरो साथी – भिडियो सहित ।

 

 

कमला  अधिकारी

 

ताजा पत्रीका अनलाइन मिडिया हाउसको प्रस्तुतिमा सुजन बिश्वकर्मा भावुकको लोक दोहोरी गीत ए मेरो साथी डिजिटल बजारमा सार्वजनिक भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियालाई कर्म थलो बनाएर बिगत केहि बर्ष देखि पत्रकारीतामा सक्रिय रहँदै आएका ताजा पत्रीका डट कमका सह-सम्पादक सुजनले सांगीतिक क्षेत्र प्रतिको रुचिलाई मनन गर्दै आफ्नो पहिलो सांगीतिक कोशेली आफ्नै अफिसियल युट्यूब च्यानल मार्फत बजारमा ल्याएका हुन ।

सुजन बिश्वकर्मा भावुकको लय , शब्द तथा स्वर रहेको उक्त गीतमा महिला तर्फ पछिल्लो समयकी बहुचर्चित गायिका शान्तिश्री परियारको सुमधुर स्वर छ भने शब्द सृजनामा तारा भुसालले पनि साथ दिएकी छन साथै गीतलाई पदम बि.सिले एरेन्ज गरेका छन ।

मायामा हुने हासो , खुशी , आँसु अनि बिछोड पछिको तड्पाइलाई संयोजन गरि निकै मार्मिक धारमा निर्माण गरिएको म्युजिक भिडियो गीतको भावलाई फरक स्वाद दिलाउन दुई प्रेमिको मिलन सँगै अन्त्य भएको देख्न सकिन्छ ।

चर्चित निर्देशक साथै हास्यकलाकार सुजन न्यौपानेको छायांकन तथा निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा सुजन बिश्वकर्मा भावुक , प्रनिता रुम्बा तामाङ्ग र सुरेश श्रेष्ठको अभिनय रहेको छ भने भिडियोलाई बिष्णु भट्टराईले सम्पादन गरेका छन ।

भिडियो हेर्नुहोस : https://youtu.be/Hjg0Uv8zBVI

About Manakamana Media

Check Also

गणेश घर्ति मगरको उत्कृष्ट लयमा टिपिकल सालैजो गीत भिडियो बजारमा

स्वर:शर्मिला गुरुङ/इमानसिंह राहु मगर लय/संगीत गणेश घर्ती मगर शब्द:इमानसिंह राहु मगर निकै नै रमाइलो भिडियो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *