Loading...
Home / राजनितिक /  नेपाल कम्युनिस्ट पाटी द्वारा सञ्चालित संगठन सुदृढीकरण तथा बिस्तार अभियानकाे ३२अाै दिन फागुन ३गते दक्षिण ईलामकाे माई नगर पालिका वार्ड नम्बर ४ काे सुक्रबारे बजारमा बिशाल जनसभा सम्पन्न भएको छ

 नेपाल कम्युनिस्ट पाटी द्वारा सञ्चालित संगठन सुदृढीकरण तथा बिस्तार अभियानकाे ३२अाै दिन फागुन ३गते दक्षिण ईलामकाे माई नगर पालिका वार्ड नम्बर ४ काे सुक्रबारे बजारमा बिशाल जनसभा सम्पन्न भएको छ

नेपाल   कम्युनिस्ट   पाटी  द्वारा सञ्चालित संगठन सुदृढीकरण तथा बिस्तार अभियानकाे ३२अाै दिन फागुन ३गते दक्षिण ईलामकाे माई नगर पालिका वार्ड नम्बर ४ काे सुक्रबारे बजारमा बिशाल जनसभा सम्पन्न भएको छ । सभालाई पार्टीका पाेलिट ब्युरो सदस्य अाेम प्रकाश पुनले संबाेधन गरेका छन् । संबाेधनकाे क्रममा नेता पुनले जसरी नेपाली काङ्ग्रेसको दलाल फाँसिवादले जसरी जनयुद्धको शुरुआत र बिस्तार भयो त्यसरी नै केपि र प्रचण्डको सामाजिक फाँसिवादले एकीकृत जनक्रान्तिकाे जन्म र बिस्तार छिट्टै हुनेछ । एकीकृत जनक्रान्ति मार्फत अब छिट्टै समाजवाद स्थापना हुने र दलालहरुकाे पत्तासाप हुने भएकोले नै दलालहरुले अाफ्नाे पार्टी माथि दमन शरु गरेकाे बताए । भरखरै पाँचथरको रबिबाट गिरफ्तार भएका सामनाका कलाकार लक्ष्मण तामाङ र कुमार धामी सात दिनकाे हिरासत बाट मुक्त भएकोमा सम्मान गर्दै नेता पुनले भने हामीलाई जेल, नेल र भेलले नराेक्किने महान यात्री हाै । हामीलाई दलालहरुकाे दमनले झन स्पातिलाे बनाउछ । हाम्रा साथिहरु दुस्मनका दमनलाई चिरेर अाएका छन् । हामी जित्ने लडाइँमा छाै सबैले साथ दिनुस नेता पुनले भने । याे सुखानिका शहिदले रगत बगाएको ठाउँ हाे । तर त्यो अान्दोलन काे नेतृत्व गर्ने र जनयुद्धको नेतृत्व गर्नेहरुले अाज अात्मसमर्पन र गद्दारी गरेका छन् । जसलाई चिरेर हाम्रो पार्टी निरन्तर क्रान्ति काे बाटोमा अघि बढेको छ ।
कार्यक्रम अाराेह नेपालीको सञ्चालन, दक्षिण ईलामका सचिव राजुकाे अध्यक्षता र असलकाे स्वागत मन्तब्यबाट शुरु गरिएको सभामा सामना परिवारका कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा जनवर्गीय संगठनका नेताहरु, पार्टी ब्युरो सदस्यहरु र बुद्धिजीवीहरुकाे उपस्थिति रहेको थियोे । कार्यक्रम अबधिमा विभिन्न पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका थिए

About Manakamana Media

Check Also

कुवेत हिँडेका ४३ जना नेपालीहरु भिसा तथा टिकट नक्कली भएपछि विमानस्थलबाटै फर्किए….(हेर्नुहोस् पुरा बिवरण)

कुवेत हिँडेका ४३ जना नेपालीहरु भिसा तथा टिकट नक्कली भएपछि विमानस्थलबाटै फर्किए….(हेर्नुहोस् पुरा बिवरण) बैशाख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *