Loading...
Home / मनोरन्जन / एअरपोर्ट भित्र केही कर्मचारीहरु यसरी कुरा गर्दै गर्दा।

एअरपोर्ट भित्र केही कर्मचारीहरु यसरी कुरा गर्दै गर्दा।

 

एअरपोर्ट  भित्र  केही कर्मचारीहरु यसरी कुरा गर्दै गर्दा।

१ पहिलो कर्मचारी – सर हजुरले आज के के हाता पार्नु भयो त?

२ दोस्रो कर्मचारी- सर आज त केहि भेटिएन नि, आज म त पुरै खाली हात फर्कन पर्ने भए सर, अनि हजुरले नि?

मैले पनि खासै केही फेला पार्न सकिन सर, एउटि बुटवल तिरको मगर्नी केटि कुवेत तिर काम गरेर आएको रैछ तिनिले एउटा औंठी लगाएर आएको रैछ त्यही मात्र हो, जब अर्को तेस्रो कर्मचारी पनि आयो तिनै जना संगै भेटेर कुरा गर्न थाले

३ तेस्रो कर्मचारी – ए राम सर ए हरि सर आज हजुरहरुको के के हाता पर्यो त ?

छैन सर छैन खाली हो आज हामी खालि हो एउटा पनि मुर्गा भेटेन सर बरु तपाईंको कस्तो भयो सर? मेरो त ठिकै भयो सर एउटा मोबाइल एउटा ल्यापटप एक तोला काचो सुन दुई बोतल इटालियन रक्सी यस्तै यस्तै भेटाए सर, तर तपाईं हरुले किन भेट्नु भएन त? कहानी सर अहिले त सबै झोला हरु पलास्टीक ले मोरेर ल्याउने रैछ त्यही माथी डोरिले बानेर ल्याउने अनि कसरी खोल्ने सर झोला धेरै गार्‍हो भयो सर
उता घरमा श्रीमतीले आज के कति ल्याएउ त बुढा भन्छ रित्तो हात जाँदा पनि बुढिको किच किच यता यता बिदेश बाट आउने कुल्ली हरु धेरै बाठा भएर आउँछ अब त हामी एअरपोर्टमा काम गर्ने कर्मचारी हरु त बाँच्नै कठिन हुने भयो सर यता माल हाता नपर्ने उता महंगी ७०% वृद्धि भएको छ अब त बाँच्न निकै कठिन हुने भयो सर के गर्ने होला सर? मलाई त आज बुढिले कराएर रातभर सुत्न पनि दिदैन सर माल हात परेन तपाईंले हाता पारेको रौसी मलाई एक बोतल दिनुस् न सर यहि खाएर आजको रात कटाउन पर्यो भोलि त मुर्गा कसो नभेटिएला त सर?
एअरपोर्ट भित्र यसरी कुरा गर्दै थिए केही कर्मचारी हरु ।
( दिप किरण क्षेत्री)

About Manakamana Media

Check Also

गणेश घर्ति मगरको उत्कृष्ट लयमा टिपिकल सालैजो गीत भिडियो बजारमा

स्वर:शर्मिला गुरुङ/इमानसिंह राहु मगर लय/संगीत गणेश घर्ती मगर शब्द:इमानसिंह राहु मगर निकै नै रमाइलो भिडियो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *