Loading...
Home / भिडियो / ड्राइफुड खाने प्रचलन नेपालमा पनि बढ्यो – ( भिडियो )

ड्राइफुड खाने प्रचलन नेपालमा पनि बढ्यो – ( भिडियो )

तपाई फास्टफुड कत्तिको मनपराउनुहुन्छ । पछिल्लो समय नेपालमा तत्काल खान सकिने खानाको प्रयोग व्यवसायीक रुपमा बढेको छ । विभिन्न ब्राण्डमा पसलै पिच्छे यस्ता खानेकुराहरु पाउनुले नेपालीहरुका लागि पनि फास्टफुड अनिवार्य जस्तै बनेको छ । खासगरी नेपालीहरु विदेशमा काम गर्न जाने प्रचालन बढेपछि नेपालमा ड्राइ फुडको प्रयोग बढेको देखिन्छ । सुरु सुरुमा विदेशबाट आउने नेपालीहरुले ड्राइफुड ल्याउने गर्थे । त्यही बेलादेखि नै नेपालमा ड्राइफुडको प्रयोग प्रचलनमा आएको पाइन्छ । पछि विस्तारै नेपालमा पनि यस्ता खानेकुराहरु विक्री वितरण हुन थालेको हो । खासगरि बढदो सहरीकरण र गाउँ गाउँमा सडकको पहुँच पुग्दै गएपछि मानिसहरु इण्डष्ट्रियल फुड तर्फ आकर्षित भएको देखिन्छ । पछिल्लो समय नेपालमा हजारौंको संख्यामा ड्राइ फुड उत्पादन गर्ने उद्योगहरु संचालनमा छन् । नेपालका हरेक पसल पसलमा विभिन्न ब्राण्डका विभिन्न किसिका खाध्य वस्तुहरु पाउन सकिन्छ । हुन त नेपालको इतिहासरमा हेर्ने हो भने सबै भन्दा पहिला बिस्कुटको बजार थियो । जसलाई मानिसहरुले फास्ट फुडको रुपमा प्रयोग गर्थे । अहिले पनि बिस्कुट पहिलो रोजाइमा पर्छ । त्यस्तै चाउचाउ, दालमोठ लगायतका खाद्य वस्तु पनि निकै प्रचलनमा रहेको छ । पछिल्लो २ दशक यता नेपालमा आलुबाट बनाइएका चिप्स, मकै, भटमास, गहुँबाट बनाइएका विभिन्न खाद्य सामाग्रीहरु निकै प्रचलनमा छन् । तर यस्ता खाद्य सामाग्रीहरु नेपालमा उत्पादन भएका भन्दा विदेशी कम्पनीको बढि भएको जानकारहरु बताउँछन् । नेपालमा विदेशी कम्पनी भन्ने वित्तिकै गुणस्तर माथि नै होला भन्ने सोचाइका कारण पनि विदेशी फास्टफुडको प्रचलन बढेको हो । नेपालभित्रै पनि चाउचाउ, आलु चिप्स, विस्कुट, लगायतका अन्य खाद्य तथा पेय पदार्थहरु उत्पादन हुन्छन् । जसको बजार पनि राम्रै छ । पछिल्लो समय विशेषगरि सहरीक्षेत्रमा फास्टफुड खाने प्रचलन बढेसंगै यसको व्यवसाय पनि फराकिलो बनेको हो । यसले मानिसहरुको समयको बचत हुने र भोक लागेका बेला तत्काल खान पाउने सुविधा दिएको छ । जसले गर्दा मानविय गतिविधिमा भोक बाधक बनेको छैन् । त्यसैले पनि मानिसहरु फास्टफुड तर्फ आकर्षित भएका छन् । अझ भनौ घर–घरमा फास्टफुड पु¥याउने प्रचालन पनि बढेको छ । जसले नेपालीहरुको फास्टफुड तथा ड्राइफुड खाने बानीलाई छुट्नै नसक्ने अवस्थामा पु¥याएको छ ।

About Manakamana Media

Check Also

नेकपाले लियो कैलाली बिस्फोटको जिम्मा, राजेशलाई शहिद घोषणा

काठमाडौं, ३ साउन । नेपाल कम्युनिस्ट पार्टीले आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ बिस्फोटन हुदा सहादत …

Leave a Reply

Your email address will not be published. Required fields are marked *