Loading...
Home / भिडियो / सर दु:खद गर्दिनु होस् है संखुवासभा अनलाइन बाट

सर दु:खद गर्दिनु होस् है संखुवासभा अनलाइन बाट

तेह्रथुम मलेसिया सम्पर्क मञ्च द्वार फ़ेरि मलेसियामा बुद्धिमान कुवँर लाई सहयोग रकम अभियान शुरु गरिएको छ

जनवारी ३०/२०१९
मलेसिया :-सन्तोष योन्जन तामाङ

करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका बुद्धिमानको उपचारको लागि तेह्रथुम मलेसिया सम्पर्क मञ्चले आर्थिक सहयोग संकलन अभियान शुरु गरेको मञ्चका अध्यक्ष:-प्रेम किङ सुब्बाले जानकारी दिनुभएको छ !
मञ्चले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्दै आएको जानकारी दिदै यस् भन्दा पहिला पनि तेह्रथुम जिल्ला फेदाप गाउँपालिका वडा न २ निवासी खड्ग बहादुर जोगि दुबईमा झुटो आरोपमा जेलमा करिब ४/५बर्ष देखिन कष्टकर जीवन बिताइरहेका खड्का बहादुर जोगिलाई सकुशल घर फर्काउने क्रममा तेह्रथुम मलेशिया सम्पर्क मञ्च द्वारा चालेका अभियान थिए
सो क्रममा मञ्चले १७ दिनभित्रमा ४लाख ७६रुपैया सहयोग रकम संकलन गरि २०१९/०१/०६ तारीखका दिन पत्रकार समेल्न गरि सो रकम:-गोबिन्द लिम्बू को नाममा नेपाल पठाएका थिए
यसैगरी बुद्धिमान कुवर पनि रोजगारीका क्रममा भारतको सिम्लामा कार्यरत थिए बुद्दिमानलाई एक दिन काम गर्ने क्रममा करेन्ट लागेपछि दुई हात र एक खुट्टा गुमाएका छन् । बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नम्बर ८ निवासी बुद्धिमानको आर्थिक अवस्था निकै कम्जोर स्थिति रहेको जानकारी संगै थप ‘उपचारका क्रममा भएको ८/९ कट्टा जमिन पनि बेचिसकेका छन् अझै १२–१३ लाख ऋण छ’ उनका लागि आर्थिक सहयोग संकलनमा तेह्रथुम मलेसिया सम्पर्क मञ्च जुटेका मञ्चका अध्यक्ष :-प्रेम किङ सुब्बाले जानकारी दिनुभयो !
बुद्धिमान कुवर को कृतिम खुट्टा राख्न ५०/६० लाख लाग्ने भएकोले थोरै भए पनि सहयोग गरौं भनी तेह्रथुम मलेसिया सम्पर्क मञ्चले यो अभियान चालेको मञ्चका अध्यक्ष प्रेम सुब्बाले बताउनुभयो ्
बुद्धिमान कुवँर भारतको सिम्लामा मजदुरी गर्थे । फलामको सरिया बोकेर हिँड्दै गर्दा बिजुलीको तारमा छोएर ११ हजार भोल्टको करेन्ट प्रवाह भयो र करेन्टले जलेपछि उनको दुई हात र एक खुट्टा काट्नुपर्यो ।
कमाएर परिवार पाल्छु भनेर सिम्ला गएका बुद्धिमान कुवँर गरिखाने हात खुट्टा नै गुमाएर घर फर्किएपछि बेसहारा बनेका छन् । २३ वर्षिय बुद्धिमान बिवाहित हुन्, सानो छोरा पनि छन् । अबोध छोरालाई घरमै छोडेर थप उपचारको लागि बुद्धिमान र उनको पत्नी अहिले काठमाडौंमा छन् !
तेह्रथुम मलेसिया सम्पर्क मञ्च बिगत लामो समयदेखि तेह्रथुमेलीहरूको मात्र नभएर सम्पुर्ण नेपालीहरूको दुख, पीडा अनि समस्यामा साथ रहेर काम गर्दै आएको र। वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकताको सुत्रमा बाँधेर समस्याको समाधान गर्न अनि दुखी पीडितहरूको दुखमा मलम लगाउन सँधै तत्पर अनि दृढ़ रहेको अध्यक्ष प्रेम सुब्बा बताउनुभयो !
तपाई हाम्रो सानो सहयोगले कसैको जीबन फल्छ फुल्छ भने किन नगर्ने, आपत बिपतमा परेका नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई सहयोग गरौ। सेवा नै धर्म हो।

अध्यक्ष :प्रेम सुब्बा
फोन न. : ०११६०९९३४५७
अकाउन्ट् नम्बर : ११२१११५२७७०८
may bank

उपदध्यक्ष :तोया नाथ ढकाल
फोन न. : ०११६३७३५००२
अकाउन्ट् नम्बर २७०५०१३७५२४
hanlung bank

सहसचिव मनिराज दर्नाल
फोन न. : ०१४७२२८९८३
अकाउन्ट् नम्बर : ७०६९८६४२०९
Cimb bank

About Manakamana Media

Check Also

शुदुरपश्चिमेलि समाजकुवेतद्धारा दोस्रो वार्शिकउत्सव तथा आदिवेसन नेपाल आइडल सिजन टु का रबि ओड र चक्र बमको साथमा २० सेक्टेम्बरमा मनाउने

शुदुरपश्चिमेलि समाजकुवेतद्धारा दोस्रो वार्शिकउत्सव तथा आदिवेसन नेपाल आइडल सिजन टु का रबि ओड र चक्र …

Leave a Reply

Your email address will not be published. Required fields are marked *