Loading...
Home / समाचार / कालिकोटमा ‘सामुदायिक रास्कोट अस्पताल’ किन ?

कालिकोटमा ‘सामुदायिक रास्कोट अस्पताल’ किन ?

कालिकोट रास्कोटकी ७ वर्षीया आशा न्यौपानेको दाँतको गिजा केही समय अघि सामान्य सुन्निएको थियो । गाँउमा सामान्य सिटामोल पाइने स्वास्थ्य चौकी बाहेक थप उपचार गर्नु परे पनि ६ घण्टाको यात्रा तय गरेर सदरमुकाम मान्वा हुँदै अन्यत्र पुग्नु पर्ने भएपछि परिवारले खासै चासो देखाएन । बालबालिकाको रोग ठीक भैहाल्छ भन्दै बसेका आशाका परिवार अहिले भने चिन्तित छन् । अहिले पहिले सामान्य देखिएको इन्फेक्सनले भैयावहरुप लिइरहेको छ । गिँजामा जमेको पिप उनको अनुहार हुँदा मष्तिस्कसम्म फैलियो । सामान्य अवस्थामा हुर्केकी आशा अहिले असमान्य हुँदै छन् ।

गत साउन महिना रास्कोटकै एक गर्भवती महिलाको रक्तचाप उच्च भयो । यस्तो अवस्थामा तुरुन्त अस्पताल लगेर शल्यक्रिया गर्नुपर्ने भएपनि गाँउमा देवी लागेको भन्दै २ दिनसम्म झारफुकमै समय खर्च भयो । गाँउमा रहेको स्वास्थ्य चौकीमा उनको उपचार सम्भव थिएन । संयोगबस गाँउमा पुगेका डा. मुकुल ढकालले ती महिलालाई भेट्न पाए र देवी लागेको भन्ने मनोविज्ञान परिर्वतन गरी तत्काल अस्पताल पु¥याए ।

हो, केही समय अघि टेलिमेडिशिन प्रोजेक्टमा काम गर्दै गर्दा कालिकोट पुगेको डा मुकुल ढकालले यस्तै दृश्य अनगिन्ती देखे । धम, खोकीमा समेत उपचार पाउन मुस्किल गाँउको स्वास्थ्य चौकी, दैनिक जसो भीरपाखा गर्दा घाइते भएर उपचार बिनै बल्झिरहेका सर्वसाधारणका घाउ, डोकोमा बोकेर ६ घण्टा यात्रा तय गर्नुपर्ने उनीहरुको बाध्यता देखेपछि आफ्नै सहकर्मी फार्मेसिस्ट कविन मलेगु, न्युज २४ टेलिभिजन र पत्रकार रवि लामिछानेसँग यही अवस्था सुनाए र सुरु भयो कर्णाली प्रदेशको कालिकोट स्थित रास्कोट नगरपालिकामा रास्कोट सामुदायिक अस्पताल अभियान ।

डा. मुकुल ढकाल तथा ‘सीधाकुरा जनताँसग’ कार्यक्रम सञ्चालक पत्रकार रवि लामिछानेले विदिवतरुपमा नै अस्पताल निमार्णका अभियान सुरु गरे । कालिकोट सामुदायिक अस्पताल पूर्णरुपमा स्थानीयको स्वामित्वमा रहेको अस्पताल हुने छ ।
प्रदेश सरकार, नगरपालिका तथा स्थानीयले नै यो अवस्ताल दिर्घकालीन सञ्चालन तथा व्यवस्थानको जिम्मा हुने छ । अस्पताल सबै डिजिटल पद्धतीमा सञ्चालनमा आउने छ । एक पटक अस्पतालमा दर्ता भएका बिरामीको रेर्कड अस्पतालको सर्भरमा रहिरहने छ, जसको कारण बिरामीले पटक पटक आउँदा बिरामी पुर्जीको झण्झट हटेर जाने छ ।

यति मात्रै होइन अस्पतालमा उपल्बध नभएको सेवाको बारेमा इन्टरनेट प्र्रविधि मार्फत समन्वय गरी उपचार गरिने छ । सुरुमा अस्पतालमा १५ शैयाको हुनेछ, भने सम्पूर्ण टेष्टहरु उपलब्ध हुनेछन् ।

तत्काल एक जना एमडिजीप चिकित्सक, ४ जना एमबिबिएस चिकित्सक रहने अस्पतालमा मासिक, चौमासिक तथा अर्धबार्षिकरुपमा बिषेशज्ञ मार्फत सेवा दिइने छ । सबै सेवा सरकार अस्पतालकै शुल्क सरह हुने छन् भने एपेन्डिसाइज लगाएत इमरजेन्सी शल्त्रयक्रिया हुने छन् । ५ करोड बढीको लागतमा निर्माण हुन लागेको अस्पातालका लागि रास्कोट नगरपालिकाले २ सय २२ रोपनी जग्गा उपल्बध गराएको छ ।

चिकित्सकको टोलीसहित न्युज २४ टेलिभिजनले विकट गाँउमा निर्माण गर्न लागेको सामुदायिक अस्पतालको शनिबार कर्णाली प्रदेशका मन्त्री, जिल्ला स्थित सरोकारवाला ब्यक्ति, स्थानीय जनप्रतिनिधि तथा स्थानीयले अस्पतालको निमार्ण र सञ्चालनको लागि सबैमा सहयोग आह्वान गरे ।

अस्पताल निमार्ण भएसँगै रास्कोट नगरपालिका, शान्मी त्रिवेणी गाँउपालिका, पचलझर्ना गाउँपालिका, तथा बाजुराको जगन्नाथ गाँउपालिका, बुढीनन्दा गाँउपालिकाका करिब १ लाख स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । अस्पताल निर्माण हुने भएपछि स्थानीयमा सामान्य उपचारकै अभावमा ज्यान गुमाउनु पर्ने बाध्यता हटने आश गरेका छन् ।

आगामी कात्तिकदेखि भवन निर्माण सुरु हने भएपनि तत्कालै अस्पतालको सेवा भने अहिले आर्युवेदिक अस्पतालका रुपमा खालि रहेको भवनबाट सुरु हुँदैछ । अस्पताल निमार्णका लागि देश विदेशबाट अभियान्ताहरुले १ करोड सहयोग संकलन गरिसकेका छन् भने अब तीब्र गतिमा आर्थिक अभियान चलाइने बताइएको छ ।

About Manakamana Media

Check Also

विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु किसान सङ खेत रोप्दै

  पाँचथर । प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *