Loading...
Home / अन्तराष्ट्रिय / मलेसिया अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा कर्ण बहादुर राईले भेट्रान कुमित्तेमा स्वर्ण पदक जितेका छन

मलेसिया अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा कर्ण बहादुर राईले भेट्रान कुमित्तेमा स्वर्ण पदक जितेका छन

 

, मलेशिया .. यहीँ अगस्टको 10,11 र 12 मा क्वालालम्पुरको टिटिवाङ्सा ब्याडमिन्टन हलमा भएको 5th एसिया प्यासिफिक हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको तर्फबाट कर्ण बहादुर राईले भेट्रान कुमित्तेमा स्वर्ण पदक जितेका छन साथै नोर्बु तामाङले विलो 84 केजी तौलमा स्वर्ण पदक जितेका छन I

तेस्तै गरि गोमा थापाले विलो 53 केजीमा रजत पदक जितेकी छिन तेस्तै गरि 13 वर्ष मुनिको खेलमा रिवाज गिरिले कास्य पदक जितेका छन साथै दल बहादुर तामाङले पनि विलो 75 केजिमा कास्य पदक हात पारेका छन तेसैगरी अस्मिता प्रजाले विलो 61 केजिमा कास्य पदक जितेकी छिन तेसैगरी विलो 60 केजिमा तुलाराम धामीले कास्य पदक जितेका छन।

जम्म नेपालले 2 स्वर्ण, 1 रजत र 4 कास्य पदक प्राप्त गरेको छ। नेपाल बाट कराते टिम लिएर आउनु हुने नेपाल हायसिया-हा करातेका प्रमुख प्रशिक्षक तथा महासचिव रामकृष्ण लामा तामाङ, नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइराला साथै अन्तर्राष्ट्रिय रेफ्री लक्ष्मी क्षेत्री साथै रेफ्री दिपक बोहराले यस प्रतियोगितामा नेपालको तर्फबाट रेफ्रीको भुमिका निर्वाह गरेका थिए भने टिम म्यनेजरमा इन्द्र बस्नेत साथै टिम कोचमा कर्ण बहादुर राई थिए I

साथै यो प्रतियोगिता 2 वर्षमाको अंतरमा हुने गरेको छ र यस 5th एसिया प्यासिफिक हायासिया-हा कराते महासंघको कोङ्रेस मिटिङले आगामी 2020 6th एसिया हायासिया-हा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता नेपाल हुने निर्णय गरेको छ।

यश प्रतियोगितामा मलेशिया, नेपाल,बङलादेश,ईन्डिया,भेयनाम,अस्ट्रेलिया,फिलिपिन्स,इन्डोनेसिया,सिङापुर,श्रीलंका,हङकङ, लगाएत 14 देशको सहभागी थियो।।।..साथै आज पदक विजयी खेलाडीहरुलाइ सम्मान तथा विदाइ, नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियाले मण्डला रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरिएको थियो।

 

About Manakamana Media

Check Also

आधुनिक तथा तामाङ सेलो गायिका सुजना रुम्बा भन्छिन् सांगीतिक क्षेत्रलाई नै प्राथमिकता दिन्छु ।

  रिपोर्टर :-सविन लोप्चन तामाङ कुव्लापुम्पुर  मलेशिया ०२-०९-१९ —————————————————- सन्तोष  योन्जन तामाङ:-मनकामना  अनलाइन       …

Leave a Reply

Your email address will not be published. Required fields are marked *